राष्ट्रहरुबीच युद्धहरुले मानव जीवनमा आईपरेकोे कष्ठलाई न्यूनिकरण गर्ने भन्दै शान्त तथा समृद्ध विश्व समाज निर्माणमा टेवा पु-याउने उद्देश्यका लागि विश्व बौद्ध धर्म संघले विश्व शान्ति पूजा शनिबारबाट उत्तरी बैककको ‘फ्रा धम्माकाय चैत्य’बाट शुरु गरेको हो ।

यस पूजा कार्यको लागि संस्थाका अध्यक्ष आनी भीम सुवा गुरुङको नेतृत्वमा २८ सदस्यीय टोली  गत बुधबार बैंकक प्रस्थान गरेको थियो ।

गौतम बुद्धको अष्टमार्ग तथा चार आर्यसत्यलाई निर्देशक सिद्धान्त मान्दै बुद्धको जन्मभूमि नेपालबाट शान्तिको प्राथना सहित प्रस्थान गरेको यस महान पूजा लामा फुर्बु छेवाङले नेतृत्व गरेका छन् । यस पूजा महायानाको निङ्मा सेक्ट अन्तर्गत आयोजना भइरहेका छ । यस शान्ति पूजाको मुख्य उद्देश्य बुद्धको ज्ञानमा आधारित छ । जसले सम्पूर्ण मानव तथा जीव जन्तुहरुको शान्ति, सुख तथा निरोगी भई  स्वार्थरहित जीवन जिउनको लागि बौद्ध मार्गबाट प्राथना गरिएको हो ।

शान्ति पूजाको आरम्भ
यस प्रकारको शान्ति पूजा परापूर्वकालमा तिब्बतबाट शुरु भएको पाईन्छ र हाल विभिन्न देशका बुद्ध धर्मावलम्वीहरुले आफ्नो स्थानीयरुपमा शान्ति पूजाहरु सञ्चालन गर्ने गरेको भएता पनि यस संस्थाले यसलाई अन्तर्राष्ट्रियरुपमा सञ्चालन गरी शान्ति तथा समृद्ध विश्व समाजको लागि यस कार्यक्रमलाई अधियानको रुपमा सञ्चालन गर्दै लाने संस्थाका महासचिव रामशरण पौडेलले बताए ।
थाइल्याण्डको बौद्ध मन्दिर धम्मकायमा ५ सय अनुयायीको साथ धुप प्रज्वलन पूजा गरी आइतबार सम्पन्न गरिने कार्यक्रम रहेको छ । धम्मकायमा यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि संस्थाको विदेश विभाग प्रमुख भिक्षु किट्टी पोङले संयोजन गरिरहेका छन् । उनका अनुसार यो पूजा अत्यन्तै महत्वपूर्ण रहेको र मानव शान्ति समाजको स्थापनामा समेत सहयोग गर्ने बताए  । साथै यस पूजाको माध्यमबाट दुई देशको सम्बन्धमा पनि सुमधुरता बढेको जानकारी दिए ।